संसदमा कोरोना बहस : विद्यालय र संसद बन्द गर्न सांसदको माग

हाम्रो सन्देश संवाददाता

काठमाडाैं,२ चैत्र ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना संक्रमणबाट विश्वनै त्रसित भइरहेकाले संक्रमणको जोखिम न्यूनीकरणका लागि तत्काल सर्तकता अपनाउ सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रधानले विश्व स्वास्थ्य संगठनले महामारीका रुपमा घोषणा गरेको र युरोप अमेरिकाले लक डाउन गरिसकेको अवस्थामा नेपालमा संसद चलाइरहनुको तुक नभएको बताए ।

‘संसदलाई निरन्तर चलाई राख्नुको कुनै तुक छैन । जहाँ भीडभाड हुन्छ जहाज, स्कुल, बसमा संक्रमण फैलन सक्ने भएकाले ति ठाउमा सरकारले तुरुन्तै बन्देज लाउनुपर्योे,’ उनले भने, ‘स्कुलहरु बन्द गर्नुपर्यो यदि हामीलाई यो संक्रमणले भ्यायो भने रोक्न हामीसँग केही पनि पूर्वाधार छैन ।’

अर्का सांसद भरत कुमार शाहले कोरोनाको संक्रमणको जोखिम बढिरहेका बेला संसद बैठक संञ्चालन भैरहेको भन्दै बैठक स्थगित गर्न सभामुखको ध्यानाकर्षण गराए।

सांसद रामबहादुर विष्टले विश्व स्वाथ्य संगठनले नेपाललाई कोरोना संक्रमणको अत्याधिक जोखिममा रहेको भनेको स्मरण गराउदै आवश्यक सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराए। कोरोना संक्रमणको त्रास संगै बजारमा औषधि, मास्क लगायतउनले भने, उनले भने “एक लाख मास्क चीन पठाउन हतार गर्ने यो सरकार आफैलाई चाहिदा कता अलमलिएको छ म जान्न चाहन्छु। ”

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।