आँचल शर्माले कसम एउटा संग लगनगाँठो अर्कैसँग कसेपछि

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ चैत्र ।

नेपाली फिल्म जगतमा नायिकाहरुले धमाधम विवाह गर्ने क्रम चलेको छ । धेरैले चलचित्र क्षेत्रभन्दा फरक विधाका पुरुषसँग विवाह गरेका छन् ।

चलचित्र क्षेत्रकै नायकसँग कतिपयको प्रेम चल्यो तर टुट्यो पनि । चलचित्र क्षेत्रको भन्दा भिन्न विधाका पुरुषसँग नायिकाहरुले विवाह गर्न थाले । यसमा अहिले नायिका आँचल शर्मा जोडिएकी छिन् ।

आँचलको कुनैबेला पल शाहसँग अफेयर चल्यो । उनीहरुले सार्वजनिक रुपमै विवाह गर्ने घोषणा गरे । तर, यसै हप्ता आँचलले सबैलाई चकित पार्दै चिकित्सक डा. उदिप श्रेष्ठसँग विवाह गरिन्, त्यो पनि करोडौं खर्च गरेर ।

पलबाट टाढिने क्रममा आँचलले फेसबुकमा अनफलो गरिन् । लगत्तै फेसबुकमा विवाहको तस्बिरहरु हालिन् ।

आँचलले विवाह गरेका उदीप श्रेष्ठको दोस्रो विवाह हो । उनको यसअघि विदेशीसँग विवाह भएको थियो । आँचलले पलसँग कसम तोड्नुमा उदिपको धनसम्पत्ति हो भन्ने चर्चा फिल्मी क्षेत्रमा चलेको छ । उदिप धनी परिवारका हुन् ।

चलचित्र क्षेत्रमा नाम हुने तर दाम कमै हुने भएकाले पनि नायिकाहरु पैसावाल पुरुषसँग विवाह गर्दै आएका छन् । चलचित्रबाट नाम कमाउने र त्यही नामबाट धनाढ्य पुरुष खोज्ने परिपाठी समेत विकास भएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।