खरिदार माग्यो लोकसेवा आयोगले, १० कक्षा पास गरेकाले पनि आवेदन दिन सक्ने

हाम्रो सन्देश संवाददाता

काठमाडाैं, २८ फागुन ।

लोकसेवा आयोगले खरिदार पदमा विज्ञापन खुलाएको छ । खुला तथा समावेशी प्रतियोगिता मार्फत हुने परीक्षा मार्फत संचालन हुने सो पदमा दरखास्त दिन चाहाने उम्मेदवारले फारम भरि बुझाउनु पर्ने सूचना निकालेकाे छ । शिक्षा, लोकसेवा, नयाँ जागिर सम्बन्धि खबर नियमितरुपमा तपाईंहरुसमक्ष पस्किने न्यूज पोर्टल हो राष्ट्रवाणी डट कम www.rastrabani.com । यो पटक हामी खरिदार माग्यो लोकसेवा आयोगले, १० कक्षा पास गरेकाले पनि आवेदन दिन सक्ने सूचना लिएर आएका छाैं शेयर गर्नुहाेस् है ।

परीक्षाको किसिम : लिखित, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता
परीक्षा केन्द्र : विज्ञापनसँग सम्बन्धित आयोगका धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल र महेन्द्रनगर कार्यालयहरु ।
दरखास्त दिने अन्तिम मिति: २०७६-१२-१८ सम्म र दोब्बर दस्तुर तिरी २०७६-१२-२५ सम्म ।

दरखास्त दस्तुर: प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु. ३००।– (तीन सय) बुझाउनु पर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि रु. १५०।– (एक सय पचास) थप दस्तुर बुझाउनु पर्नेछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।