प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक रुपमा सुधार, नियमित खानपान र हिँडडूल

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२६ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक रुपमा सुधार भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा प्रमकृष्ण खड्गाले सोमबार एक विज्ञप्ति जारी गर्दै ओलीको स्वास्थ्यमा सन्तोषजनक रुपमा सुधार आएको जानकारी दिएका हुन् ।

उनले ओलीको नियमित खानपान, हिँडडुल र व्यापामलाई निरन्तरता दिइएको पनि जानकारी दिए ।
यस्तै प्रधानमन्त्रीलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाको स्वास्थ्यस्थिति पनि राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ ।
गत सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार सफल मिर्गौला प्रत्यारोपण भएको थियो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।