अबदेखि सुन बैँकमा राख्दा ब्याज पाइने

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२३ फागुन ।

सुन गहना हो । अहिले गहना भन्दापनि कमाउँने वा अप्ठ्यारो पर्दा टार्ने स्थिर धन हो । सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको अवस्थामा नेपाल राष्ट्र बैँकले नेपाली नागरिकसँग भएको सुन बैँकहरुमा निक्षेपको रुपमा लिने विषयमा निर्देशन जारी गरेको छ ।

केन्द्रीय बैँकले बिहीबार जारी गरेको निर्देशिका अनुसार क वर्गका वाणिज्य बैँकहरुले नेपाली नागरिकसँग रहेको सुनलाई निक्षेपको रुपमा स्वीकार गर्न सक्नेछन् । सरकारले आर्थिक वर्ष २०७६ – ७७ को बजेटमा यस्तो व्यवस्था गर्ने घोषणा गरेको थियो ।

त्यसका लागि वाणिज्य बैँकहरुले सुन निक्षेप लिने सम्बन्धमा नीति तथा विस्तृत कार्यविधि बनाएर सञ्चालक समितिबाट पारित गराई लागू गर्न सक्ने राष्ट्र बैँकले जनाएको छ । गोरखापत्र दैनिकबाट ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।