यी दुई नन्द भाउजु सम्बन्धीकाे एक खबरले सबै यसरि अचम्मित

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२३ फागुन ।

धनगढीबाट दुई महिला वे’पत्ता भएका छन् । धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका २० वर्षीया शान्ति पौडेल र तीन महिने सन्तानकी आमा मधु तिवारी वे’पत्ता भएका हुन । फागुन १६ गतेबाट हराएका दुवै जना अहिलेसम्म फेला पर्न नसकेको आफन्तले जनाएका छन् । वे’पत्ता शान्ति र मधु भाउजु नन्द हुन । भारतको गुहावटीमा विवाह गरेकी मधु सुत्केरी हुन आफ्नो धनगढीस्थित माइती घर आएकी थिइन् । सुत्केरीपछि उनी यतै बस्दै आएकी थिइन् । उनले तीन महिनाको बच्चालाई छोडेर गएको परिवारले जनाएका छन् ।

एसटीएस सिनेमा हलमा मःमः व्यापार गर्दै आएका भीम कुँवरले दुवै जनालाई लगेको परिवारको आरोप छ । गत शुक्रबार साँझ भीमले नै उनीहरुलाई मोटरसाइकलमा बसाएर लग्दै गरेको स्थानीयले देखेका मधुका बुबा एवम् शान्तिका ससुरा कृष्ण तिवारीले बताएका छन् । दुवै जना हराएको दिनदेखि भीम पनि वे’पत्ता रहेको परिवारको भनाइ छ । भीमका पनि घरमा श्रीमती र दुई सन्तान रहेको तिवारी परिवारको भनाइ छ । छ दिनदेखि आमा वे’पत्ता भएपछि तीन महिनाको बच्चालाई बचाउन गाह्रो भएको जनाएका छन् । अहिलेसम्म छिमेकका महिलाले दूध खुवाई दिएका कारण बच्चा बाँचेको परिवारको भनाइ छ । हराएका दुवै जनालाई खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन परेको छ । निवेदन परेपछि खोजीकार्य जारी राखेको तर अहिलेसम्म फेला नपरेको महिला बालबालिका सेलका खेमराज पन्तले बताए । ‘हामीले तदारुकताका साथ खोजी गरिरहेका छौं । तर, अहिलेसम्म फेला पार्न सकेका छैनौं’, उनले भने । प्रहरीले दुवै जना कोहलपुरतिर रहेको खबर पाएको थियो । तर, त्यहाँ पनि उनीहरु फेला नपरेको जनाइएको छ । अदालतबाट म्याद थप गराई कल डिटेल चेकजाँच गर्ने अनुमति लिने कार्यको प्रयास गरिरहेको प्रहरीले जनाएको छ । पश्चिमटुडे

यो पनि समाचार जाडो मौसम शुरु भइसकेको छ । जाडोयाममा धेरै चिसो हुने भएकाले नवजात शिशु र सुत्केरी आमा दुवैका लागि जोखिम हुनसक्छ । नवजात शिशुको केयर गरिएन भने उनसमा छिटो संक्रमण हुनसक्छ । नवजात शिशुलाई जति नै कपडा लगाइदिएपनि चिसो हुन्छ । मौसम परिवर्तनको असर उनीहरुलाई धेरै हुन्छ जसको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । त्यसैले नवजात शिशु पनि धेरै कमजोर हुन्छन् । चिसो मौसममा बच्चाहरुलाई रुघाखोकी र घाँटीमा संक्रमण हुने खतरा बढी हुन्छ जाडो मौसममा चिसोबाट बच्न न्यायो कपडा लगाएर तातो बनाएर राख्नुपर्छ । चिसो बढी भएमा बच्चा बिरामी पनि पर्न सक्छ । बच्चाको सास फेर्ने नली साँघुरिन्छ यस्तोमा खकार जमेर सास लिनमा कठिनाई हुन सक्छ । नवजात शिशुलाई चिसोबाट कसरी जोगाउन यस्तो गर्नुस् –धुलो, धुँवादेखि नवजात शिशुलाई टाढा राख्नुपर्छ । धुलो, धुँवाले नवजात शिशुलाई दमको समस्या हुने, झाडापखला लाग्ने हुनसक्छ । त्यसैले घर वरपरको वातावरणमा पनि विशेष ध्यान दिनुपर्छ । –नवजात शिशुलाई दिनै नुहाउनुको सट्टा मनतातो पानीमा सफ्ट एन्टिब्याक्टेरियल लिक्वीड हालेर नरम कपडा भिजाएर पुछ्नुपर्छ । –मौसम बदल्ने वित्तिकै शिशुलाई न्यानो कपडा लगाइदिनु पर्छ । हल्का चिसो छ भनेर वेवास्ता गर्नु हुँदैन । शिशुलाई जहिले पनि मोजा टोपी लगाइदिनुपर्छ । –शिशुलाई मसाज एकदमै जरुरी हुन्छ । मसाज गर्दा तेललाई मनतातो बनाएर प्रयोग गर्ने गर्नुहोस् ।

–शिशुलाई न्यानो कपडा लगाइदिएर घाममा राख्नुपर्छ । बिहानको घाममा राख्दा ताजा हावाको साथै भिटामिन–डी पनि प्राप्त हुन्छ । –शिशु ६ महिना भन्दा बढी भएको छ भने खाना पनि खान्छ । खाना खुवाँउदा चिसो र बासी खाना खुवाउनु हुँदैन । –स्वेटर लगाउँदा राम्रो क्वालिटिको मात्र लगाइदिने गर्नुपर्छ । जस्तो पायो त्यस्तै क्वालिटिको कपडाले शिशुलाई एलर्जी हुनसक्छ । –नवजात शिशुको छाला एकदमै संवेदनशिल हुन्छ । त्यसैले संक्रमण हुने खतरा बढी हुन्छ । त्यसकारण शिशुलाई समाउन अघि साबुन पानीले राम्रोसँग धुनुपर्छ । –शिशुलाई आमाको दुध अघाउन्जेल खुवाउनुपर्छ । आमाको दुधमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।