माहामारिको रूपमा फैलिएको कोरोना भाइरसले इटलीमा लग्यो :१४८ जनाको ज्यान

हाम्रो सन्देश संवाददाता

फागुन २३, एजेन्सी ।

महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट इटालीमा १४८ जनाको मृत्यु भइसकेको छ।

इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ। यो कोरोनाभाइरसको सर्वाधिक चपेटामा परेको चीनबाहिर भएको सबैभन्दा ठूलो मानविय क्षति हो।

संसारभर हालसम्म ३ हजार जनाको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गइसकेको छ।

इटालीका सम्पूर्ण २२ क्षेत्रमा यसको संक्रमण फैलिएको पुष्टि भएको छ।

संक्रमणसँग जुध्न रोमले ८.४ विलियन अमेरिकी डलरको उद्धार योजना अघि सारेको छ। उसले देशभरका स्कूल कलेजसमेत बन्द गरेको छ।

यसैगरी बेलायतमा पनि भाइरसको संक्रमणबाट भएको मृत्युको पहिलो मामिला सार्वजनिक भएको अलजजिराले जनाएको छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।