मकवानपुरगढीमा जन्ती बस*दु*र्घ*ट नाः मृ*तक*को संख्या ४ पुग्यो

हाम्रो सन्देश संवाददाता

हेटौँडा,२२ फागुन ।

मकवानपुरगढी गाउँपालिका–२ स्थित शिखरकटेरीमा बुधबार साँझ भएको जन्ती बस दु*र्घटनामा ज्या*न गुमाउनेको संख्या ४ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरका अनुसार दु*र्घट*नामा परी तीन जनाको घटनास्थलमा र एक जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृ*त्यु भएको हो ।

मृत्यु हुनेहरुमा मकवानपुरगढी–७ का सोमबहादुर मोक्तान, सोही ठाँउ बस्ने सोमबहादुर रुम्बा र सुरज ल्हो रहेका छन् ।

दुर्घटनाबाट मोक्तान र रुम्बाको घटनास्थलमा नै तथा ल्होको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा नै मृत्यु भएका अर्का एक जनाको भने सनाखत हुन सकेको छैन । उपचारका लागि अस्पताल भर्ना भएका ४९ जनामध्ये २६ जनाको अवस्था सामान्य भएकाले उनीहरुलाई घर फर्काइएको र अन्यको हेटौँडा अस्पताल, चुहेहिल अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ मकवानपुरगढी–१ घट्टेपाखोबाट जन्ती बोकेर सुकौरा जाँदै गरेको ना३ख ३५५६ नंको बस शिखरकटेरीको गैरीभञ्ज्याङ दुर्घटना भएको थियो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।