खुसिको खबर : चीनले बनायो कोरोनाविरुद्धको भ्याक्सिन !!

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ फागुन ।

चीनले कोरोना भाइरस (कोविड-१९) विरुद्धको भ्याक्सिन (खोप) बनाउन सफलता प्राप्त गरेको छ ।

यो खोपलाई चिनियाँ सेनाको तिनै मेजर जनरलको टीमले बनाएको हो ।

यो खबरसंगै विश्वभर आसाको संचार भएको छ ।

चिनियाँ सेना, पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्ञ शेन वेईको नेतृत्वमा एक महिनादेखि वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो।

चाइना सेन्ट्रल टेलिभिजनका अनुसार शेनको टीमले कोरोनाविरुद्धको खोप बनाउन सफलता प्राप्त गरेको हो। उक्त टीमले रातदिन लगाएर खोपको ‘क्लिनकल एप्लीकेशन’ तयार गरेको जनाइएको छ ।

चीनको मिलिट्री मेडिकल साइन्स एकेडेमीलाई खतरनाक भाइरसविरुद्धको कीट, औषधि र खोप बनाउने काममा सफलता मिलेको उदाहरण छ।

यो एकेडेमीमा २६ विशेषज्ञ, ५० भन्दा धेरै वैज्ञानिक र ५०० भन्दा बढी अनुसन्धानकर्ता छन्। चीनले दाबी गरेको छ कि चाँडै यो खोप उपलब्ध हुनेछ र कोरोनाको आतंक अन्त्य हुनेछ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।