प्रधानमन्त्री होसमा, चिकित्सकले दिए निद्रा लाग्ने औषधि

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२२ फागुन ।

प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. प्रेम ज्ञवाली र प्रा.डा. उत्तमकुमार शर्माको नेतृत्वमा बुधबार साढे चार घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्री ओली र मिर्गौलादाता समीक्षा संग्रौला दुवैको स्वास्थ्य सन्तोषजनक रहेको अस्पतालले जनाएको छ ।

साँझ ओलीलाई होस आएको छ । शल्यक्रिया गरेका डा. ज्ञवालीले भने, ‘होसमा त साँझ (बुधबार) नै आउनुभएको हो । तर, हामीले आराम होस् भनेर निद्रा लाग्ने औषधि दिएका छौँ । कुराकानी गर्नुपरेमा राम्रोसँग गर्न सक्ने अवस्थामा हुनुहुन्छ । हामीले कस्तो छ भनेर सोध्यौँ, उहाँले ठीक छ भन्नुभयो । अरू थप कुरा आज नै गर्न उचित भएन । त्यसैले हामीले आराम गर्न दिएका छौँ ।’नयाँ पत्रिकामा खबर छ ।

देउवा पक्षलाई तर्साउँदै पौडेल पक्ष

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र फेरि किचलो सुरु भएको छ । सभापति शेरबहादुर देउवाले एकतर्फी रूपमा पार्टीका विभाग गठन गर्दै आफू निकट नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गर्नेसम्मका गतिविधि गरेपछि कांग्रेसभित्र फेरि किचलो देखिएको हो । राजधानी दैनिकमा खबर छ ।

सभापति देउवाले केही दिनअघि पार्टीका रिक्त विभागमा आफू निकट केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिएका थिए । यस्तै, उनले अन्य पार्टीबाट विभिन्न समयमा कांग्रेस प्रवेश गरेकाहरूलाई समेत पार्टीमा आमन्त्रित केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी दिएका थिए ।
संस्थापन समूहको सो किसिमको रणनीतिपछि कांग्रेसभित्रको इतर समूह मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल निकट समूह आक्रोशित भएको छ । सो समूहले संस्थापन समूहको रणनीतिलाई कसरी रोक्ने भन्ने विषयमा दिनहुँजसो छलफलसमेत गर्दै आएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।