पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० फागुन ।

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । सोमबार त्रिवि शिक्षण अस्पताल टिचिङ मा मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका प्रधानमन्त्रीको सफल मृगौला प्रत्यारोपणको कामना पूर्व राजा शाहले गरेका छन् । आफ्ना दूत एवं पूर्वप्रमुख सचिव पशुपतिभक्त महर्जन मार्फत एक सन्देश पठाउँदै पूर्व राजा शाहले स्वास्थ्य लाभको कामना गरेका हुन् । पूर्व राजा शाहले प्रधानमन्त्री आलीको सफल मृगौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।