आज-१९ फागुन २०७६ सोमवार, शिव भगवान को दर्शन गरि आज को राशिफल हेर्नुहोस !

हाम्रो सन्देश संवाददाता

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अरूलाई प्रभावित पारेर काम बन्नेछ । राजनैतिक भेटघाट बढ्नेछ। वादविवाद बढ्नेछ। रोजगारमा समस्या उत्पन्न हुनसक्छ। शंका बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
गरेको काममा ढिलासुस्ती हुनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च हुनेछ । काम गर्ने हौसला मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खोज तथा अनुसन्धानमूलक कार्यमा रुचि बढ्नेछ। पारिवारिक झमेला बढ्नेछ। राजनीतिक विवाद बढ्नेछ। शत्रु सक्रिय हुनेछन्।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शैक्षिक प्रतिस्पर्धा बढ्नेछ। बिछोडिएका मित्रसँग भेट हुनेछ। धन आर्जन गर्ने अवसर मिल्नेछ। हर्ष बढ्नेछ। दाजुभाइबीच स्नेह बढ्नेछ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।