सपना अलपत्र पारेर अलप हुन्न, राम्रो खेलाडीले बीचैमा मैदान पनि छाड्दैन : प्रधानमन्त्री

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१९ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि आफू अस्पतालमा हुँदा सरकारका तर्फबाट दैनिक तथा अत्यावश्यक अवस्था गर्नुपर्ने कार्यका लागि संयन्त्र तयार रहेको बताएका छन् ।

मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनु अगाडि सोमबार दिउँसो एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट गरिनुपर्ने सबै काम नियमित रुपमा सञ्चालन हुने बताएका हुन् ।

‘यसबीचमा (आफू अस्पतालमा हुँदा) सरकारका तर्फबाट गर्नुपर्ने सबै काम नियमित रुपमा अघि बढ्नेछन् । विश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या होस् वा भइपरी आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिन सक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु,’ प्रधानमन्त्री ओलीले आफ्नो भिडियो सन्देशमा भनेका छन् ।

आफ्नो अस्पताल बसाइको समयमा पार्टी र संसद दुवैतिर आवश्यक कार्यसम्पादन गर्न जिम्मेवार नेता÷कार्यकता, सांसदहरु र लाखौं पार्टी सदस्यहरु निरन्तर क्रियाशील हुनेमा पनि विश्वस्त रहेको ओलीको भनाइ छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।