अध्यक्ष (प्रचण्ड) लाई जुत्ता प्रहार गरेको बारे छानबिन गर्न एसएसपी थापाको नेतृत्वमा समिति गठन

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१९ फागुन ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जुत्ता प्रहार भएको घटनाबारे छानबिनका लागि महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको छ ।

उपत्यकामा हुने विशेष प्रकृतिको अपराध अनुसन्धान गर्ने जिम्मेवारी पाएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो ।

समितिमा महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिम्सिना सदस्य छन् ।

समितिले प्रकरणबारे छानबिन सकेर तीन दिनभित्र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा प्रतिवेदन बुझाउनेछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।