भोलिदेखि कामदार भिसामा अमेरिका जान अनलाइन दर्ता खुल्दै, ३१ दिनमै नतिजा आउने

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१८ फागुन ।

अबदेखि रोजगारीको लागि उच्च शिक्षा प्राप्त क्षमतावान नेपाली कामदार (वर्किङ) भिसामा अमेरिका जान पाउने भएका छन् । अमेरिकी सरकारले कामदार भिसामार्फत अमेरिका लैजान आजदेखि (वर्किङ) भिषाकाे लागि ‘एचवान बी’काे आवेदन खुल्ला गरेको हो ।

अमेरिकी रोजगारदाताले उच्च शिक्षा भएका व्यक्तिका लागि प्राथमिकता दिँदै पहिलोपटक अनलाइनमार्फत आवेदन माग गरेको हो । युएससी आईएसको सूचनाअनुसार मार्च १ तारिख दिउँसो १२ बजेदेखि आवेदन दिन सकिने उल्लेख छ ।

यो पटक ब्याचलर डिग्री गरेकाहरुका लागि विश्व भरबाट बढीमा ६५ हजारको कोटा खुला गरिएको सूचनामा उल्लेख छ । त्यसै गरी अमेरिकामै मास्टर्स डिग्री गरेकाहरूका लागि २० हजारको कोटा खुला गरेको बताईएको छ ।

रोजगारीको लागि अमेरिका जान चाहने व्यक्तिले विश्वको जुनसुकै स्थानबाट आवेदन भर्न सक्ने छन् । सबै प्रकृया पूरा गरि पास भए एचवान बी भिसा पाईने छ । अमेरिकी सरकारले विश्वका विभिन्न मुलुकमा रहेका दक्ष र पढेलेखेका मान्छे आफनो देशमा भित्र्याउने उदेश्य राख्दै वर्किङ भिषाको सुरुवात गरेको हो ।

नेपालीहरु रोजगारीको लागि अहिले खाडी मुलुक सँगै केहि युरोपियन देश जाने गरेका छन् । अमेरिकामा विशेष भिषा या डिभी लोट्रीमार्फत पनि केहि नेपाली गएका छन् । वर्किङ भिषाकाे खुला गरेसँगै दक्ष नेपाली अमेरिक सहज रुपमा जान पाउनेछन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।