यी मोडलले नर्तकी बन्न आफ्नै खुट्टा काटिन्

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

संसारमा मानिसहरु चर्चामा आउनकै लागि बिभिन्न उपायहरु अपनाईरहेका हुन्छन् । कोहि कोहिले त हद नै पार गर्दछन् ।

पछिल्ले समय बेलायतमा एक महिला यस्तै कारणबाट चर्चामा रेहेकी छिन् । चर्चामा रहनुको कारण उनको एउटा खुट्टा नहुनुको अनौठो सत्य पनि हो ।

बेलायती मोडेल, नर्तकी तथा गायिका भिक्टोरिया बाल्यकालमा एउटा दुर्घटनामा परेकी थिइन् । सो दुर्घटनाका कारण उनको खुट्टामा दुखिरहने समस्या थियो ।
सोहि कारण बिभिन्न समस्या भोग्दै आएकी भिक्टोरियाले २० वर्षको उमेरमा आफ्नो खुट्टा काट्ने निर्णय गरेकी हुन् ।

उनले पहिले आफ्नो खुट्टाको समस्या समाधानका लागि धेरै पटक सर्जरी गरे पनि दुखाई कम नभएको भन्दै खुट्टा काट्ने निर्णय लिएकी थिईन् । उनले खुट्टा काट्ने आफ्नो इच्छा पूरा गर्न डाक्टरहरुलाई मनाउनका लागि ५ वर्ष लागेको थियो ।

सानै उमेर देखिनै खुट्टामा समस्या आएका कारण उनी आफ्नो काममा ध्यान दिन सकिरहेकी थिइनन् । तर खुट्टा काटेसँगै उनले आफ्नो सपना पूरा गरेकी छिन् । अहिले भिक्टोरिया चर्चित पनि छिन् ।

१२ वर्षको उमेरमा लण्डन पुगेकी भिक्टोरियाले सन् २०१२ मा त्यहाँ भएको प्याराओलम्पिक समापन समारोहमा शानदार नृत्य प्रदर्शन गरेकी थिईन् ।

एजेन्सीको सहयोगमा

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।