अब डिजेल र पेट्रोलमा प्रतिलिटर १०/१० रुपैयाँ विकास कर

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१६ फागुन ।

सरकारले विकास बजेट करको दर बढाएको छ। गत सोमबार बसेको मन्त्रि परिषद बैठकले डिजेल र पेट्रोलमा ५ रुपैयाँ विकास बजेट कर बढाएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा रहेका सरकारका प्रवक्ता, अर्थमन्त्री युवराज खतिवडाले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको बताए।

फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १० रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो। योसँगै पेट्रोल र डिजेलमा विकास कर १० रुपैयाँ हुनेछ। यसअघि सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ कर लगाउन शुरु गरेको थियो।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।