यी ५ राशिका लागि शुभै शुभ छ यो साता, हेर्नुहोस् साप्ताहिक राशिफल

हाम्रो सन्देश संवाददाता

फागुन १७ देखि २३ गतेसम्मको राशिफल

मेष राशि

मेहनतबाट गरिएका कार्यले उचित स्थान पाउनेछ । नयाँ स्थानको भ्रमण हुने क्रममा प्रियजनसँगको भेटघाटले दिनचर्या रमाइलोपूर्वक नै बित्नेछ ।

वृष

मित्रहरूले दिएका वचनहरू पूरा हुनेछन् । सवारी चलाउँदा विशेष ध्यान दिनुपर्छ । प्रतिस्पर्धामा सम्मानजनक स्थान पाउनुहुनेछ । लामो समयसम्म रोकिएका झन्झट, बाधाहरू स्वतस् फुकुवा हुने छन् ।

मिथुन

प्रेमीरप्रेमिकाले भित्रभित्रै मन पराइरहेका छन् । मुख खोल्न सकेका छैनन् । हतारमा गरिएको निर्णयले पछुताउनुपर्ला । टाढा भएका मित्रहरूले दिएको सुझावले फाइदा नै पुर्‍याउनेछ ।

कर्कट

ठूला किसिमका कार्यहरू सम्पन्न गर्नुपर्ने हुनाले जटिलतातर्फ ध्यान दिनुपर्छ । आकस्मिक यात्रा पर्न गई सरसामान छुट्न सक्छ, विशेष सजग रहनुहोला ।

सिंह

भावी योजना तर्जुमा गर्दा विशिष्ट योगदान रहनेछ । नाटकीय रूपमा प्रेम प्रस्ताव आएमा होस पुर्‍याएर निर्णय गर्नुहोला । लगनशीलताले प्रतिष्ठित कार्य गर्न सक्नुहुन्छ ।

कन्या

सुनौलो रंगको पहिरनले तपाईंको आत्मविश्वासलाई सहयोग पुर्‍याउनेछ । मन पराएकाहरूले विशेष प्रस्ताव राखी उपहार प्रदान गर्ने प्रयास गर्नेछन् ।

तुला

साथीहरूले दिएका सुझाव अनुसरण गर्दा भलाइ नै हुनेछ । पुरुषार्थद्वारा गरिएको सेवाले उचाइमा पुर्‍याउनेछ । विदेश यात्रा गर्ने अवसरसमेत मिल्नेछ ।

वृश्चिक

मित्रहरूले विभिन्न जिम्मेवारी दिलाउने छन् । दुविधा मनस्थितिद्वारा गरेका कार्यमा अपजसको भाग लाग्ने हुनाले सरोकार नभएका विषयमा ध्यान नदिँदा नै उचित हुन्छ ।

धनु

विशेष कार्ययोजनाको जग बसाउनु हुनेछ । उपहारका साथ माया गर्ने व्यक्तिहरूको ओइरो लाग्न सक्छ । हतारमा महत्त्वपूर्ण निर्णय नगर्नुहोला ।

मकर

परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मित्रवर्गले पुर्‍याएको सहयोगले विशेष उपलब्धि हात पर्नेछ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ ।

कुम्भ

सेतो पहिरन प्रयोग गर्नाले तपाईका प्रतिस्पर्धीहरू पछि पर्नेछन् । बाधाहरू स्वतस् हट्दै भौतिक सुख–सुविधा भेटिनेछन् । कार्य सम्पादनको सिलसिलामा विवाद भए तापनि मेहनत खेर जानेछैन ।

मीन

प्रतिफल हात पार्न निकै प्रयत्न गर्नुपर्ला । प्रलोभन देखाउनेसँग सचेत रहनुहोला । रचनात्मक कार्यले अरूको मन जित्नेछ । कार्य क्षेत्रमा प्रतिस्पर्धीहरूसँग सामना गर्नुपर्नेछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।