नेकपा मालेका महासचिव एबम पूर्व उपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी दुर्घटना,गम्भिर घाईते

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१५ फागुन ।

नेकपा माले महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली गाडी दुर्घटनामा परेका छन ।मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना हुँदाअ महासचिव मनौली गम्भिर घाईते भएका छन् ।

मालेका महासचिव मैनाली चढेको गाडी वीपी राजमार्गस्थित महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी महासचिव मनौलीका छोरा, बुहारी , नाती र चालक समेत गरी पाँच जना घाईते भएका छन् ।

सिपी मैनालीको खुट्टा भाँचिएको, निधार र अनुहारमा चोट लागेको छ । बुहारी पूजाको दुबै खुट्टा भाँचिएको र अरु सामान्य घाइते भएको प्रहरी जनाएको छ ।

अहिले उनीहरूलाई बर्दिबास जनसेवा हस्पिटलमा प्राथमिक उपचार भइरहेको छ । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंको ग्रान्डी हस्पिटल ल्याउने तयारी भइरहेको डिएसपी चापागाइँ जानकारी दिए ।

झापाबाट काठमाडौं तर्फ जाँदै गरेको मनौलीसहित परिवार सवार रहेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि मनौलीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली घाईते भएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।