घट्यो सुनको मूल्य, हेर्नहोस् प्रतितोला कतिमा कारोबार हुँदै छ ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१३ फागुन ।

चार पाँच दिनदेखि लगातार उकालो लाग्दै आएको सुनको मुल्य आज मंगलबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार मंगलबार सुनको मूल्य ३ सयले घटेको हो ।

सोमबार छापावाला सुन ८० हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज मंगलबार ३ सयले घटेर तोलामा ८० हजार रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनपनि घटेर तोलाको ७९ हजार ७ सय पुगेको छ ।

बजारमा सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार ९ सय २५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आजपनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।