८० हजार माथि पुग्यो सुनको मूल्य, अहिलेसम्मकै नयाँ रेकर्ड

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१२ फागुन ।

साताको दाेस्राे दिन अर्थात साेमबार पनि सुनको मूल्य बढेको छ। हिंजाे छापावाल सुन प्रतितोला ७८ हजार ८ सय रुपैयाँमा कारोबार भएकाेमा आज छापावाल सुन प्रतितोला ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियाे । आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।