बर्दी र पेस्तोलसहित श्रीमतीसँग टिकटक: प्रभाग इन्चार्ज तानिए

हाम्रो सन्देश संवाददाता

काठमाडौं,११ फागुन ।

प्रहरी बर्दीमा पस्तोल देखाएर टिकटक बनाउने प्रहरी सईलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा बोलाइएको छ।

भक्तपुरमा कार्यरत प्रहरी सई रत्नबहादुर थापा र उनकी श्रीमतीको बर्दीमै टिकटक भिडिओ सार्वजनिक भएपछि डिआइजी विश्वराज पोखरेलले कार्यलयमा बोलाएका हुन्।

‘दुवै प्रहरीलाई मैले कार्यालयमा बोलाएको छु, यता आएपछि सो गतिविधिको बारेमा बुझेर मात्रै कारबाही हुन्छ’, डिआइजी विश्वराज पोखरेलले भने।
तर सई रत्नबहादुर थापाले भने आफूले टिकटक नै नचलाउने जिकिर गरेका छन्।

‘मैले पनि समाचारमा हेरेँ, टिकटक म त चलाउँदा पनि चलाउदिन,’ सई रत्नबहादुर थापाले सेतोपाटीसँग कुराकानी गर्दै भने, ‘मलाई मेट्रोमा बोलाएको छ त्यहीँ जाँदैछु।’

दुई टिकटक भिडिओ दिलुमगर९१ अकाउन्टबाट सार्वजनिक भएको हो। एक भिडिओमा दिलु मगरले पेस्तोल हातमा लिएर अभिनय गरेको देखिन्छ भने अर्को भिडिओमा रत्नबहादुर र दिलुसँगै बसेर खिचिएको छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।