प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्ध अख्तियारमा उजुरी

हाम्रो सन्देश संवाददाता

काठमाडौं,११ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीसहित चार जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ, नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेल र प्रधानमन्त्री ओलीविरूद्ध बाँके नेपालगञ्जका ६७ वर्षीय प्रेमबहादुर शाही र मकवानपुर हेटौंडा ११ नवलपुरका ६४ वर्षीय आनन्दराम पौडेलले उजुरी दिएका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, भुउपग्रह खरिद, कम्प्युटर ल्याव र अप्टिकल फाइबर विस्तारमा भ्रष्टाचार गरेको भन्दै उनीहरुले उजुरी दिएका छन् । भ्रष्टाचारीलाई कारबाहीको मागसँगै दिइएको उजुरी अख्तियारले दर्ता गरिसकेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।