प्रेमिका मिलाइ दिनुहाेस्, २८ लाख पुरस्कार पाउनुहाेस्

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

एक अमेरिकी व्यवसायीले आफुलाई प्रेमीका मिलाइनेलाई २८ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

जेफ गेबहार्ट नामक व्यवसायीले प्रेमीका खोजिदिने व्यक्तिलाई २५ हजार डलर अर्थात करीब साढे २८ लाख नेपाली रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

जेफले प्रेमिका खोज्न डेटिङ वेबसाइटमा विज्ञापन गरेपनि अनलाइन डेटिङमा मन टुटेको बताएका छन् ।

उनले आफूलाई आवश्यक पर्ने प्रेमिकाको विशेषता पनि खुलाएका छन । आफूसँग प्रेम गर्ने खुला दिल, माया र मस्तीमजाक गर्ने हुनुपर्ने उनले बताएका छन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।