युवतीसँग पूर्वडिएसपी खिउजूकाे फोन कुराकानी : त्यसो नभन, तिमीले भनेको सबै मान्छु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० फागुन ।

युवती: घरीघरी किन फोन गर्छस् तँ ?

खिउजू: नानु, सुन सुन म सातदोबाटो आउँछु ।

युवती: तैँले जहाँजहाँ भनिस्, म त्यहीँ आउने म तेरो को हो हँ रु अब म तँलाई छोड्दै छोड्दिनँ ।

खिउजू: सुन, सुन तिमीले जे भने पनि मान्छु ।

युवती: तेँले जेसुकै भने पनि मान्दै मान्दिनँ, गड प्रमिस मान्दिनँ । तैेँले त धेरैचोटि कसम खाइस्, थाहा छ । तँ आफैँ गल्ती गरेर मेरो कोठामा सुत्न आएको भन्ने ?

खिउजू: सुन, सुन तिमीले भनेको मान्छु । तिमीकहाँ आउँछु ल । अहिले टाढा छु । जसरी भए पनि म एक घन्टाभित्र तिमीलाई भेट्न म आउँछु, जसरी भए पनि आउँछु ।

युवती: तँलाई म एक सेकेन्ड पनि भेट दिन्नँ । म किन भेट्छु, म यहाँ सरहरूसँग छु प्रहरी । जेसुकै गर, मलाई केही पनि फरक पर्दैन । तैँले गरेको गल्तीको सजाय तँलाई नदिई छोड्दिनँ ।

खिउजू: सुन, सुन मलाई कारबाही गरेर तिमीलाई के हुन्छ, भन त रु तिमीलाई राम्रो हुन्छ ?

युवती: हुन्छ, हुन्छ । तँलाई कानुनअनुसार कारबाही हुनैपर्छ । तैँले अर्काकी छोरीलाई गरेको व्यवहार, तैँले गर्दा मेरो कहीँ पनि ठाउँ छैन बुझिस्, तैँले जे बोल्दा नि जे गर्दा नि हुन्छ, यहाँ ?

खिउजू: तिमीले भनेको मान्छु । तिमी त्यहाँबाट आऊ ल भन, तिमीलाई कहाँ भेटूँ, ल भन । म आउँछु ।

युवती: मैले यहाँ आएर निवेदन दिइसकेपछि तँसँग म मिल्छु रु तैँले अर्काकी छोरीलाई जे गरे पनि हुन्छ र ?

खिउजू: नानु, सुन सुन आवेशमा आएर भनेँ होला । निवेदन नदेऊ । तिमीले भनेको सबै मान्छु ल ।

युवती: म कुनै पनि कुरा मान्दिनँ, मसँग मिल्ने कुरै नगर् ल । मसँग मिल्ने कुरै नगर ?

खिउजू: प्लिज, प्लिज तिमीले जे भन्यो त्यही मान्छु । प्लिज, प्लिज । जे भन्यो त्यहीँ मान्छु निवेदन फिर्ता लेऊ ।

युवती: कसम मान्दिनँ, म तैँले भनेको म केही पनि मान्दिनँ । फोन राख् । अब म ब्ल्याकलिस्टमा फोन राखिदिन्छु । मलाई फोन नगर् । तँसँग कन्ट्याक्ट हुँदिनँ । तँसँग म मुद्दामा आएर भेट्छु । तेरो केही कुरा पनि सुन्दिनँ ।

खिउजू: त्यसो नभन, तिमीले भनेको सबै मान्छु ।

युवती: तेरो कुरा मान्दा तैँले मलाई पेलेको होस् । तैँले जे–जे भन्यो, त्यही मान्दा तैँले मलाई यसो गरेको होस् ।

खिउजू: तिमीले भनेको मान्छु, तिमीले भनेजसो गर्छु । प्लिज, प्लिज नरिसाऊ, मेरो इज्जत बचाइदेऊ ।

युवती: तँ जहाँसुकै गएर जेसुकै बोल् मलाई मतलब छैन । तँलाई कानुनअनुसार कारबाही हुनैपर्छ । त्यत्ति हो, मलाई चाहिएको ।

खिउजू: तिमी आफैँ भन न मलाई कारबाही गरेर तिमीलाई के फाइदा हुन्छ, भन त ?

युवती: तँलाई कारबाही गरेर मेरो जिन्दगी फर्किन्छ । मलाई तैँले जति रुवाएको छस्, तँलाई कारबाही गर्दा म त्यति नै खुसी हुन्छु ।

खिउजू: त्यसो नभन । तिमीले जहाँ भने पनि म आउँछु ल ।

युवती: मलाई के मतलब, तेरो के वास्ता छ र मलाई ?

खिउजू: कसम तिमीले भन्या मान्छु प्लिज, प्लिज ।

युवती: भगवान् कसम मान्दिनँ ल । मैले भनिसकेँ, तँलाई कारबाही नगरी म छोड्दै छोड्दिनँ । तैँले गरेको गल्तीको सजाय पाउनैपर्छ ।

खिउजू: तिमीले जे सजाय दिए पनि भोग्न तयार छु । मलाई बदनाम नगर ।

युवती: मैले तँलाई किन बदनाम गर्ने रु प्रहरीबाट केही भएन भने म रवि दाइकोमा जाने हो ।

नयाँ पत्रिकाबाट

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।