सरकार परिवर्तन हुँदै : प्रचण्ड प्रधानमन्त्री, अर्थमन्त्रीमा महरा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० फागुन ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अहिले सरकार परिवर्तनको चर्चा चलिरहेको छ । आफ्नो गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकार वि*रुद्ध ष*ड्यन्त्र भै रहेको सा*र्वजनिक अभिव्यक्ति दिएसँगै सरकार परिवर्तनको आ,शंका अझ घनिभूत भएको छ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदमा पूर्ण बहुमत रहेको अवस्थामा सरकारका वि,रुद्ध ष,ड्यन्त्र भै रहेको भन्ने अभिव्यक्तिले पार्टी भित्रै सरकारका वि,रुद्ध मत बलियो बन्दै गएको तथ्यलाई नकार्न सकिंदैन । प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई पनि यसैको स्वीकारोक्तिको रूपमा बुझ्न सकिन्छ।

‘प्रधानमन्त्री बन्नको लागि पार्टी एकता नगरिएको र आफ्नो अहिले नै प्रधानमन्त्री बन्ने कुनै चाहाना नभएको भन्दै बारम्बार सार्वजनिक अभि,व्यक्ति दिदैं आएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै ओलीको विस्थापनमा लागेको चर्चा भै रहेको समयमा अब प्रधानमन्त्रीमा प्रचण्डको सम्भावना बढेर गएको बताइन्छ । पद र लाभ पाउने बाहेक अरूले साथ छाड्दै गएको अवस्थामा प्रधानमन्त्री ओली यतिबेला पार्टीमा अल्पमतमा छन् ।’

यहि कुरालाई राम्रोसँग बुझेका प्रधानमन्त्री ओली पूर्व एमाले समूहलाई एक ठाउँमा उभ्याउँदै आफ्नो पक्षमा बहुमत जुटाउने प्रयासमा लागिरहेका छन् । त्यसमा पनि ‘ओली सफल बन्न नसकिरहेको बेलामा उनका विश्वासपात्र निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको ७० करोडको कमिसन डिल प्र,क,रणले बालुवाटार हतास बनेको छ’ । अझ त्यसमा पनि महिनौं अगाडि नै उक्त टेप प्रधानमन्त्रीसम्म पुगेको समेत सा,र्वजनिक हुनुले प्रधानमन्त्री ओली द,यनीय अवस्थामा पुगेका छन् । अब पार्टी,का कार्यकारी अध्यक्ष प्रचण्डले जे जे भन्छन् त्यो मान्नुको अर्को विकल्प छैन् ।

ओली रक्षात्मक बनेको अवस्थाको फाइदा उठाउँदै प्रचण्ड भने प्रधानमन्त्री बन्ने ह्याट्रिक हान्ने दाउमा लागिसकेको सूचना बाहिरीएको छ । खुमलटार निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड बन्ने लगभग तय जस्तै छ भने संसद सचिवालयमा कार्य,रत क,र्मचारीलाई ‘ब,ला*त्कार प्रयास’को आ,रोप लागेर सभामुख पदबाट राजिनामा दिन बाध्य बनेका पूर्व सभामुख कृष्णबहादुर महरालाई अर्थमन्त्री बनाउने समेत लगभग तय जस्तै छ । आफू निर्दोष रहेको बारम्बार दा,वी गर्दै आएका महरा नि,र्दोष नै प्र,माणीत भै सकेको अवस्थामा महराको व्यवस्थापन पनि प्रचण्डको लागि पनि महत्त्वपूर्ण छ ।

‘प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहायता गरेको प्रतिफल स्वरूप पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पार्टीको एकल अध्यक्ष बन्ने सम्भावना छ । वा अहिले नै नेपाल पार्टीको एकल अध्यक्ष बन्न नसकेको अवस्थामा भने २०७७ को अन्त्यमा हुने भनिएको पार्टीको महाधिवेशनमा प्रचण्ड सहितको अहिलेको समूहले साथ दिने गरी छलफल अगाडि बढिरहेको समेत स्रो,तले दा,बी गरेको छ । बाँस्कोटा प्र,करणले पनि यो समूहलाई अझै लाभ मिलेको चर्चा छ ।’

हुन पनि सरकारले आफ्नो दुई बर्षे कार्यकाल पूरा गरेको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेर सरकारको प्रतिरक्षा गर्दा प्रचण्ड भने सरकारबाट नागरिक खुशी नभएको भन्दै सरकारको वि,रोधमा उभिन पुगिसकेका थिए । हो त्यहि बेला देखि नै हो सरकार परिवर्तनको हल्लाले राजनै,तिक वातावरण गर्माउन थालेको, अब त्यसको का,र्यान्वयनको अ,न्तिम तयारीमा प्रचण्ड रहेको बताइन्छ ।

‘अहिले पार्टीको सचिवालय देखि तल्लो तहसम्म प्रधानमन्त्री ओली अ,ल्पमतमा रहेका छन् । अहिले स,त्तारूढ नेकपामा चार श,क्तिशाली गुटहरू रहेका छन् । पूर्व माओवादी समूहको नेतृत्व प्रचण्डको हातबाट बाहिर गै नसकेको हुनाले प्रचण्ड अहिले शक्तिशाली देखिएका छन् । पूर्व एमाले भित्र प्रधानमन्त्री ओली गुट शक्तिशाली रहेपनि त्यसपछि नेपाल समूह र उपाध्यक्ष वामदेव गौतम पनि उपाध्यक्ष बनेसँगै शक्तिशाली बनेका छन् ।

प्रधानमन्त्री एकातिर र अन्य समूह अर्कोतिर रहँदा ओली अल्पमतमा रहनु कुनै अ,स्वभाविक पनि होइन । यसअघि ओली समूहमा रहेका पार्टी महासचिव विष्णु पौडेल र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि नेपाल समूहसँग पछिल्ला दिनमा निकटता बढाएको चर्चा समेत चुलिएको छ त्यो सँगै बाँस्कोटाको बहिर्गमनले ओली सम्हालिन नसक्ने अवस्था पुगेका छन्।’
कमजोर स्वास्थ अवस्थाका का,रण प्रधानमन्त्री ओली अहिले पहिला जस्तो सकृय बन्न सक्ने अवस्थामा छैनन् । त्यो सँगै ओलीलाई हटाउन विभिन्न शक्तिकेन्द्र समेत लागेको चर्चा चलिरहेको छ । प्रधानमन्त्रीको अभिव्यक्तिमा पनि ती कुरा प्र,तिबिम्बित भै रहेका छन् । कार्यकारी अध्यक्ष प्रचण्डले पनि पछिल्ला दिनमा ओलीलाई स्वास्थ उ,पचार गर्दै कामबाट ब्रेक लिन सुझाव दिएको बताइन्छ ।

अब हेर्न बाँकी कुरा के हो भने प्रचण्डको यो रणनीति वि,रुद्ध ओलीले कस्तो चाल चाल्छन त्यसले उनको प्रधानमन्त्री पद सुर,क्षीत हुने वा प्रधानमन्त्री बाट उनको ब,हिगर्म,न हुने भन्ने निश्चित गर्ने छ । खुमलटार स्रोतका अनुसार मिलेसम्म सहमति नमिले बहुमत कै आधारमा सहि प्रचण्ड छिट्टै प्रधानमन्त्री बन्नेछन् । त्यसमा कुनै दु,विधा नै छैन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।