देखाउनेले दाग देखायो किन रुवाबासिः प्रधानमन्त्री ओली

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,३ फागुन ।

प्रधानमन्त्रीले केपी शर्मा ओली प्रतिनिधि सभालाई सम्बोधन गरिरहेका छन्। प्रधानमन्त्रीले ओलीले ललिता निवास प्रकरणमा बोल्दै देखाउनेले दाग देखायो किन रुवाबासि भन्दै प्रतिपक्ष नेपाली काँग्रेसलाई व्यङ्ग्य गरेका छन्।

ललिता जग्गा प्रकरणमा अख्तियारले १ सय ७५ जनाविरूद्ध मुद्दा दर्ता गरेकाे थियाे। त्यसमा काँग्रेसका नेता विजय गच्छादारसमेत रहेका थिए। काँग्रेसले सरकारले नियाेजित रूपमा आफ्ना नेतालाइ जाेगाउने र अरूलाइ सिध्याउने खेल खेलेकाे भन्दै त्यसकाे विराेध गरेकाे थियाे।

प्रधानमन्त्री ओलीकाे अभिव्यक्ति काँग्रेस र गच्छादार लक्षित थियाे। उनले सरकार निपष्क्ष रुपमा सरकारी जग्गा फिर्ता गराउने क्रममा लागेको तर कतिपयलाई उक्त कुराले पोलेको बताएका छन्। उक्त जग्गा प्रकरणमा सरकारको नै मिलोमतो रहेको जस्तै गलत प्रचारबाजी भएको उनले बताएका छन्।

प्रधानमन्त्रीले सरकारले अर्को विषयमा बोेल्दै पत्रकारहरुले तथ्यपरक कुरामा आलोचना गर्नुपर्ने बताए। उनले राज्यको चौथो अंगको रुपमा परिचित पत्रकारहरुले वैचारिक पूर्वाग्रह नराखी तथ्यमा आधार भएर समाचार बनाउनुपर्ने बताए।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।