‘म साक्षी थिएँ’, गिरिजाले चुनाव बिथोल्नुपर्छ भन्नुभएको थियो, अरु कुरा प्रचण्डले बढाएः डा. भट्टराई

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,३ फागुन ।

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले स्व. गिरिजाप्रसाद कोइरलाका बारेमा दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताएका छन्।

शुक्रबार संसद भवन बाहिर पत्रकारहरुसँगको कुराकानीमा भट्टराईले तत्कालीन राजा ज्ञानेन्द्रले शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन विथोल्नका स्व। गिरिजा प्रसाद कोइरालाले आग्रह गरेको तर ठोक्न चाही नभनेको बताएका हुन् ।

१२ बुंदे समझदारीमा नै कांग्रेस लगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालिन माओवादी फौजी ढंगले अघि बढ्ने सहमति भएको तर प्रचण्डले भनेजस्तो उग्र रुपमा स्व. कोइरालाले नभनेको खुलस्थ पारे ।

उनले भने, ‘साक्षी थिए’, ‘१२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ । मलाई याद छ । उहाँहरुले शान्तिपूर्ण ढंगले र हामीले फौजी ढंगले प्रहार गर्ने सहमति भएको थियो ।’

भट्टराइले प्रचण्डलाई प्रहार गर्दै उनको बानी नै सानो कुरालाई पनि बढाई चढाई गरी प्रस्तुत गर्ने र उत्तेजना फैलाउने रहेको पनि बताए ।

बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा नेकपा अध्यक्ष दाहालले जनयुद्धका बेला तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग फोनमा कुराकानी भएको फैजी कारवाही बढाउन आग्रह गरेको बताएका थिए।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।