मेरो घरमा २० अर्ब पैसा राख्ने ठाउँ छैन : मन्त्री बाँस्कोटा

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,२ फागुन ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सिजीसँग पैसा मागेको भन्ने आरोप झूटो रहेको बताएका छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले आरोप झुटाे रहेको दाबी गरेका हुन् ।

मन्त्री बाँस्कोटाले सिजीमाथि सरकारले कुनै पूर्वाग्रह नराखे बताउँदै बाँस्कोटाले सिजी कम्युनिकेसनले प्रक्रिया नपुर्‍याएकोले लिमिटेड मोविलिटी सेवाको लाइसेन्स खारेज गरेको बताए।

चौधरी ग्रुपसँग २० अर्ब माग्यो भन्छन्, चाहिँदा पनि चाहिँदैन। मेरो घरमा त्यति पैसा राख्ने ठाउँ छैन,’ मन्त्री बाँस्कोटाले भने, ‘हामी सकेसम्म राम्रो गर्छौं।’

लाइसेन्स पाउन सबै प्रक्रिया पूरा गरे पनि सरकारले अड्काएको आरोप सिजीले लगाउँदै आएको उनले बताए ।

मन्त्री बाँस्कोटाले आफूमाथि मिडिया लागेको आरोप समेत लगाएका छन् । मलाई मात्रै कति लखेट्ने ? जति लखेटे पनि मिडियाले केही पाउनुहुन्न’, ‘प्रेसको आँखो तथ्यमा जाओस्, उनले भने ।’

सिजीले प्रक्रिया पुर्‍याएर र पूर्वसर्तअनुसार उत्तरदायित्व निर्वाह गर्नुपर्ने मन्त्री बाँस्कोटाले बताए।

उनले सरकारले नराम्रो केही काम नगरको दाबीसमेत गरे। ‘जति गरियो राम्रै गरेका छौं’, मन्त्री बाँस्कोटाले भने, ।

उनले सरकारले दुई वर्षको अवधिमा गरेको कामको वेलिविस्तार लगाउँदै उनले भने, ‘जनतालाई जे भनेका थियौं, त्यो गरिरहेका छौँ, धेरै गरेपनि सकेका छौँ,’ उनले भने।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।