ओलीले संसदबाटै सरकारको २ वर्षे कार्यकालको सविस्तार बताउने

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,२ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।

आफ्नो २ वर्षे कार्यकालको प्रगतिबारे उनले संसदमार्फत दिने भएका हुन् । शुक्रबार २ बजे बस्ने संसदको बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्त्वको वक्तव्य दिने सम्भावित कार्यसूची छ ।

ओली सरकार २०७४ फागुन ३ मा गठन भएको थियो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।