टर्की समर्थित वि द्रोहीले सिरियाली हेलिकप्टर यसरी खसाल्यो हेर्नुहाेस

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,१ फागुन ।

क्षेत्रमा बढेको तनावका बीच टर्की समर्थित वि द्रोही समूहले पश्चिम सिरियामा एक सिरियाली सरकारको हेलिकप्टर खसालेका छन् । रूस निर्मित मि–१७ हेलिकप्टर नेराब नजिकै ज्वालासहित खसेको भिडियोमा देखिएको छ ।सरकारी आ क्रमणमा ५ टर्किस सेना मारिएको १ दिनपछि यो आ क्रमण भएको हो सिरियाली आ क्रमणपछि अंकारालाई १ सय १५ सरकारी स्थानमा आ क्रमण गर्न उक्साएको छ । टर्किस सेनाले १०१ निशानालाई ध्वस्त बनाएको जनाएको छ । यसमा ३ ट्यांक, २ मोर्टार र १ हेलिकप्टर रहेका छन् । परिचय नखुलाउने सर्तमा अन्य दुई वि द्रोही कमान्डरले उनीहरूले मिसाइल प्र हार गरेको र हेलिकप्टरलाई खसालेको बताएका छन् ।

रूसी हवाई ह म लाको सहयोगमा बसर अल असदको सेनाले इडलिब कब्जा गर्ने प्रयास गरिरहेको छ । सिरियामा वि द्रोहीको क ब्जामा रहेको यो पछिल्लो क्षेत्र हो । द्व न्द्वले डिसेम्बरदेखि ७ लाख मानिस विस्थापित भइसकेको मानिएको छ । इडलिब प्रान्तमा त्यस्तै ३० लाख मानिसको बसोबास रहँदै आएको छ । टर्की र रूस मित्र मुलुक भए पनि इडलिबको द्वन्द्वले यी मुलुकबीच पनि द्व न्द्वको अवस्था पैदा भएको छ । १ साताको अवधिमै सरकारी आ क्र मणमा १३ टर्किस सेना मारिएका छन् ।सुदूरपश्चिम प्रदेशमा भिडियो कन्फरेन्स सुरु : सुदूरपश्चिम प्रदेश सभाले प्रदेशका 9 वटै जिल्लामा भिडियो कन्फरेन्स (श्रव्यदृश्य) सुरु गरेको छ । ८ वटै जिल्लामा रहेका जिल्ला समन्वय समिति र एक स्थानीयतहमा एकसाथ छलफल गर्न सक्ने डिजिटल प्रविधि जडान गरी भिडियो कन्फरेन्स सुरु गरेको हो । कैलाली जिल्ला समन्वय समितिसँगै प्रदेशसभा भवन भएकाले जिल्लाको पूर्वी क्षेत्रमा पर्ने टीकापुर नगरपालिकामा भिडियो कन्फरेन्स गर्न सक्ने प्रविधि जडान गरेको छ ।जिल्ला समन्वय समितिका प्रतिनिधिसँग एकसाथ परिचयात्मक कार्यक्रम गरी बुधबार, सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले भिडियो कन्फरेन्स प्रविधि सुरुवात गरे । सुदूरपश्चिमका जिल्ला भौगोलिक रुपले टाढा रहे पनि प्रविधिले नजिक बनाएको सभामुख अर्जुनबहादुर थापाले बताए । ‘भौगोलिकरुपमा प्रदेशका जिल्ला टाढा छन्,’ उनले भने, ‘भिडियो कन्फरेन्सले नजिक बनाएको छ ।’ सभामुख थापाले प्रदेशसभा सदस्य तथा समितिले समेत स्थानीय जनतासँग समेत आफ्नै कार्य कक्षबाट सीधा संवाद गर्न सक्ने बताए । उनले विपद् तथा अन्य आपतकालिन अवस्थामा सोही प्रविधिबाट छलफल गरी समस्या समाधानका लागि छलफल गरी निर्णय गर्न सकिने बताए ।

भिडियो कन्फरेन्सका लागि प्रदेशसभा सचिवालयको बैठक कक्षमा क्यामेरासहितको एलइडी मोनिटर, अडियो सिस्टम र २० एमबीपिएसको इन्टरनेट जडान गरिएको छ । भिडियो कन्फरेन्सका लागि प्रदेशका सातवटै पहाडी जिल्ला र कञ्चनपुर जिल्ला समन्वय समितिको हलमा पनि सोही प्रविधि जडान गरिएको छ । कैलाली जिल्ला समन्वय समिति प्रदेशसभा सचिवालयसँगै रहेको छ । भिडियो कन्फरेन्स हलमा 9 स्थानबाट एकैपटक भिडियो कनेक्ट गरी सबै ठाउँमा एकै किसिमका भिडियो देखिने र अडियो सुनिने व्यवस्था गरिएको सुदूरपश्चिम प्रदेश सचिवालयका सचिव रामसिंह धामीले बताए । विकासमा पछाडि परेको प्रदेशमा भिडियो कन्फरेन्सबाट दुर्गमका मुद्धामा छलफल हुने, सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले विश्वास व्यक्त गरे ।प्रदेश सभा सचिवालयले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपि) को सहयोगमा भिडियो कन्फरेन्स हलको पनि स्थापना गरेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।