सानेपा हत्याकाण्डः मुनामाथि जाइलाग्दा कुकुर आक्रामक

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,१ फागुन ।

जब मुना कार्कीमाथि विजय चौधरी आ क्रमणमा उत्रिए तब घरमा पालेको जर्मन सेफर्ड कुकुरले चाल पाउँछ । मुना पहिलोपटक चिच्याउने वित्तिकै कुकुरले चाल पाएर भित्र पस्न खोज्छ । तल्लो तल्लाको भान्छाभित्र छिर्ने बाहिरको ढोका बन्द हुन्छ । कुकुर ढोकामा हान्न पुग्छ । भान्छाको वरिपरि घुमिरहन्छ । झ्याल फुटाउनै खोज्छ । भित्र पस्न सक्दैन । कुकुर भुक्दै भान्छा वरिपरि घुमिरहँदा विजय चौधरी मुनाको घाँटीमा डोरीले कसेर मा र्ने प्रयास जारी राख्दछन् । त्यो दृश्य झ्यालको ऐनाबाट देखेपछि कुकुर झन् आ क्रामक रुपमा प्रस्तुत हुन्छ । तर, भित्र छिर्ने भान्छाको ढोका बन्द भएकाले सक्दैन । सोमबार सानेपामा पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्की ह त्याको सीसीटीभी फुटेजमा सेफर्ड कुकुर पनि कैद भएको र उसको गतिविधिबारे समेत प्रहरीले अनुसन्धान गरेको छ । अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्, कुकुर भित्र छिर्न पाएको भए सायद मुना कार्कीको ज्यान जाँदैनथियो । कुकुरले विजय चौधरीको ज्यान लिन्थ्यो होला ।

गति लिँदै बागमती प्रदेश : स्थापनाको २ वर्षपछि बागमती प्रदेशले बल्ल गति लिन थालेको छ । प्रदेश सरकारले ऐनकानुन निर्माण र सरकार व्यवस्थापन सकेको छ भने महत्त्वाकांक्षी योजना निर्माण सुरु गरेको छ । बागमतीले सरकारलाई स्थायित्व, प्रदेशको नाम र राजधानी टुंगो लगाउनुलाई प्रदेश सरकारले मुख्य उपलब्धि भनेको छ । प्रदेश सरकारले बुधबार दोस्रो वार्षिकोत्सव मनाएको छ । ‘हामीले २ वर्षमा थुप्रै काम गरेका छौं । अब स्थायी मानसिकताबाट काम गर्न सक्ने भएका छौं’, मुख्यमन्त्री डोरमणि पौडेलले भने, ‘निराश हुनुपर्ने अवस्था छैन । अब हाम्रो महत्त्वाकांक्षी योजना अघि बढाउँदै छौं ।’ उनले प्रदेश सरकारले गति लिन थालेको बताए । ‘कतिले केही गर्न नसकेको भने, कतिले सरकार देखिएन भने तर हामीले पर्याप्त काम गरेका छौं’, पौडेलले भने, ‘हामीले चुनौतीलाई स्वीकार गरेका छौं, प्रदेशवासीलाई निराश बनाउनेछैनौं ।’स्थानीय तहसम्म प्रदेश सरकारको उपस्थितिसँगै प्रदेशसभाले निर्माण गरेका ऐन कार्यान्वयनमा पनि प्रदेश सरकारलाई चुनौती छ । प्रदेशसभाले ४८ वटा विधेयक पारित गरेको छ । यस्तै ५१ वटा विधेयक दर्ता भएको र ८ वटा संशोधन विधेयक दर्ता भएको सभामुख सानुकुमार श्रेष्ठले बताए । ‘ऐनकानुन निर्माण भइसकेको छ । तर प्रभावकारी कार्यान्वयन हुन सकेको छैन’, उनले भने ।दोस्रो वार्षिकोत्सव कार्यक्रममा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसार्इं, मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको उपस्थिति थियो ।

मुख्यमन्त्रीले प्रस्तुत गरे ५० उपलब्धि मुख्यमन्त्री पौडेलद्वारा प्रतुत ५० उपलब्धिमा प्रदेशको स्थायी राजधानी र नामकरणलाई मुख्य मानिएको छ ।साथै पर्यटन वर्षको शुभारम्भ, प्रदेश लोकसेवा आयोग गठन, प्रदेश नीति तथा योजना आयोग गठन, ४५ वटा ऐन निर्माण, प्रत्येक स्थानीय तहमा कानुनी सहजकर्ता नियुक्ति र प्रत्येक स्थानीय तहका कम्तीमा एकवटा सरकारी विद्यालयमा एक जना हुने गरी १ सय २१ जना विद्यालय नर्सको व्यवस्थालाई महत्त्वपूर्ण उपलब्धि भनेको छ । रुवी भ्याली एकीकृत विकास योजनाको डीपीआर तयार भइरहेको, भीमफेदी–कुलेखानी सुरुङमार्र्गको डीपीआर निर्माण कार्य भइरहेको, एक घर एक धारा कार्यक्रम सञ्चालनमा ल्याउन २१ वटा खानेपानी योजना सञ्चालनमा ल्याइएको लगायत उपलपब्धि मुख्यमन्त्रीको प्रतिवेदनमा उल्लेख छ सरकारलाई प्रतिपक्षीको १२ नम्बर प्रमुख प्रतीपक्ष दल नेपाली कांग्रेस बागमती प्रदेशले सरकारले उत्तीर्ण प्रतिशत पनि ल्याउन नसकेकोे टिप्पणी गरेको छ । ‘हामीले सरकारको सफलता बजेट खर्च र त्यसको उपलब्धिबाट मूल्यांकन गर्ने हो’, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले भने, ‘यस आधारमा हामीले एक सयमा १२÷१३ नम्बरभन्दा बढी दिन मिल्दैन ।’ आर्थिक वर्ष बित्दा पुँजीगततर्फ करिब ६ प्रतिशत पनि खर्च गर्न नसकेको भन्दै उनले सरकार सफल हुन नसकेको बताए । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णलाल भडेलले कामको आधारमा सरकार सफल नभएको बताए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।