कुवेतको ढुङ्गाखानीमा १३ जना नेपाली पुरिए, ४ जनाको शव निकालियो

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,१ फागुन ।

कुवेतको एक ढुङ्गाखानीमा १३ जना नेपाली र १ भारतीय नागरिक पुरिएका छन् । कुवेतका सञ्चारमाध्यमका अनुसार अहिलेसम्म चारजनाको शव निकालिएको छ।

कुवेतको मुतलामा बम पड्काएर ढुङ्गा फुटाउने क्रममा भएको दुर्घटनामा धेरै नेपालीहरु हताहत भएको आशंका गरिएको छ।

१३ नेपाली र एक भारतीय खानीमा पसेका उनीहरुको त्यहीँ पुरिएको अरब टाइम्सले जनाएको छ ।

नेपाली श्रमिकहरु खाडलमै भएका बेला ढुङ्गा फुटाउन बम पड्काइएको र विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेको बताइएको छ । उक्त दुर्घटनामा कति संख्यामा कामदार परेका छन् भन्ने कुवेतले सार्वजनीक गरेको छैन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।