फेरी आयो दुखद खबर : अभिनेत्री सिलवाल, स्कुटी दुर्घटनामा बहिनीसँगै गुमाइन् ज्यान

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,१ फागुन ।

नायिका महिमा सिलवालको सवारी दुर्घटनामा परि मृ’त्यु भएको छ । बुधबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा उनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दिएको थियो ।

लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब निरीक्षक जनक बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार स्कुटरमा सिलवालसहित उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् । उनीहरु काठमाडौँबाट चितवन घर जाँदै थिए ।महिमाको घटनास्थलमा नै मृ’त्यु भएको थियो भने सर्मिलाको उपचारको लागि काठमाडौँ ल्याउने क्रममा बाटोमा मृ’त्यु भएको बस्नेतले बताए ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले कारवाही,अप्रिल फुल, ‘चियर्स, दानव,जिग्लो लगायत चलचित्रमा काम गरेकी थिइन् । उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिइन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।