ललिता निवास प्रकरणः नेपाल र भट्टराईलाई मुद्धा चलाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,२९ माघ ।

वालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएको भनिएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई विरुद्ध मुद्धा चाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट परेको छ ।

बुधबार अधिवक्ता अधिवक्ता बालकृष्ण न्यौपानले पूर्व प्रधानमन्त्रीद्धय नेपाल र भट्टराईलाई मुद्धा चालाउनु पर्ने माग गर्दै सर्वोेच्च अदालतमा रिट दर्ता गराएका हुन्।

गत माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि नीगिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्रीका हैसियतमा नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको भन्दै उनीहरुलाई समेत यो काण्डमा मुद्धा चलाइनुपर्ने रिटमा उल्लेख छ ।

रिटमा सरकारी जग्गा हिनामिना गर्न तीन पूर्वमन्त्री र तीन पूर्व सचिवको संलग्नता रहेको भन्दै आयोगले मुद्दा दायर गरे पनि त्यही मन्न्त्रीपरिषद्का प्रधानमन्त्रीहरुलाई भने छुट दिएको भन्दै चौतर्फी आलोचना भइरहेकाले मुद्धा चलाइनुपर्ने उल्लेख छ ।

ललिता विनासको ११३ रोपनी सरकारी जग्गा मिलोमतामो व्यक्तिको नाममा पुयाइएपछि सरकारले पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।