प्रेमिकाले धोका दिएको भन्दै फेस्बुकमा स्टाटस लेखेर सप्तकोशीमा हामफाले

हाम्रो सन्देश संवाददाता

इटहरी,२८ माघ ।

इटहरी–१ का राजेश न्यौपानेले मंगलबार साँझ सप्तकोशीमा हामफालेका छन् ।

कोशीमा हाम फाल्नुअघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेख्दै भनेका छन्, ‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विना कारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो । केही छैन, आसा छ सबै खुसी तिमीले पाउने छौ । गूड बाइ इसु, आशा छ तिमीले मलाई माफ गर्ने छौ ।

कोशी पुल माथि आँफूले चलाएर आएको रातो रङको को ३७ प ७ नम्बरको बुलेट बाईक र बाईकको बिल बुक राखेर कोशीमा हाम्फालेको स्थानीयले बताएका छन् । हामफाले लगत्तै सशस्त्र प्रहरी, चतरा ईलाका प्रहरी चतराका सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । सशस्त्र प्रहरी चतराका प्रमुख अशोक न्यौपानेको टोलीले बेपत्ताको खोजी गरिरहेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।