श्रीमती मुना कार्कीको हत्यामा घरकै कामदार विजय चौधरी संलग्न रहेको प्रारम्भिक निष्कर्ष

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,२७ माघ ।

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्यामा घरकै कामदार विजय चौधरी संलग्न रहेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।

कार्कीको घरमा जडान गरिएको सिसिटिभी फुटेज अध्ययनपछि प्रहरीले कार्कीको हत्यामा चौधरी नै संलग्न रहेको निष्कर्ष निकालेको हो।

प्रहरीकाअनुसार सिसिटिभी फुटेजमा चौधरीले कार्कीलाई भान्सामा गएर लछारपछार पारी सुरूमा पिर्काले हानेको देखिएको छ। पिर्का फुटेपछि चौधरीले भुइँमा धेरै पटक टाउको ठोक्काएको देखिएको छ।

‘त्यसपछि चौधरीले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ,’ महानगरीय प्रहरी परिसर स्रोतले भन्य यद्यपि, घटनाबारे प्रहरीले औपचारिक रूपमा बताएको छैन।

सोमबार बिहान ९ बजेको समयमा घटना भएको प्रहरीले जनाएको छ।

कार्की र चौधरीबीचमा के विवाद थियो र हत्यासम्म भयो भन्ने पत्ता लागेको छैन।

चौधरी सानैदेखि कार्कीको घरमा कामदारको रूपमा राखिएका थिए।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।