पूर्वसचिव कार्कीका कामदार मृत भेटिए, पत्नी सिकिस्त

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,२७ माघ ।

सरकारका पूर्वसचिव अर्जुन कार्कीकाे घरमा पासाे लगाएर झुन्डिएकाे अवस्थामा कामदारकाे शव फेला परेकाे छ । त्यस्तै कार्कीकी पत्नीलाई अचेत अवस्थामा अस्पताल पुर्‍याइएकाे छ । आइतबार बिहान घरमै बेहोस भेटिएकी उनलाई उपचारका लागि अस्पताल लगिएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षत्रीले परिवारलाई उद्धृत गर्दै जानकारी दिए । उनका अनुसार कामदार झुन्डिएको अवस्थामा भेटिएका छन् ।

आइतबार बिहान पशुपति पुगेर फर्किने क्रममा श्रीमतीलाई अचेत र कामदारलाई झुन्डिएको अवस्थामा देखेकाे बताएका छन् । मृत भेटिएका कामदार विजय चौधरी दाङका हुन् । कार्कीकी श्रीमतीको शरीरमा रगत लतपतिएको अवस्थामा भेटिएको एसपी दुर्गा सिंहले जानकारी दिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।