भ्रष्टाचार मुद्दा चलाइएका ढकालको घरमा विस्फोट गराउने ७ जना पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,२७ माघ ।

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका शोभाकान्त ढकालको घरमा बम विस्फोट गराउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । गत माघ १ गते नागार्जुन नगरपालिका १ को ढुंगेधारा चर्सरी चोकस्थित ढकालको घरमा विस्फोट गराइएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा नेक्रविक्रम चन्द नेतृत्वका नेकपाका सात कार्यकर्ता पक्राउ परेका हुन् । माघ २३ गतेदेखि २६ गतेसम्मको अवधिमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहहरु यसअघि पनि सार्वजनिक अपराधका कसुरमा सजाय पाइसकेका व्यक्ति हुन्।

पक्राउ पर्नेमा दैलेखका भीम अधिकारी (रक्षक), कास्कीका विजय भनिने विष्णुप्रसाद अधिकारी, रामेछापका हरिचन्द्र खड्का, गोरखाका कपिल भट्ट, गोकर्णेश्वर काठमाडौंका दिनेश नगरकोटी, गोरखाकै विकास थापा र सिन्धुपाल्चोकका राजकुमार मगर रहेका छन्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।