पुनस्थापना केन्द्रमा उपचारार्थ महिलालाई बलात्कार गरेको आरोपमा सुरक्षागार्ड पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,२७ माघ ।

काठमाडौंको बुढानिलकण्डस्थित हाम्रो फेलोसिप पुनस्थापना केन्द्रमा रहेका सुरक्षा गार्ड बलात्कारको आरोपमा पक्राउ गरेका छन् ।

उपचारार्थ केन्द्रमा रहेकी महिलालाई विभिन्न बहाना बनाई एकान्तमा बोलाई करणी गरेको नुवाकोट बेलकोटगढी न.पा. वडा नं. १२ घर भएका बर्ष २५ को विशाल भन्ने रमेश प्रसाद वाग्लेलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखा काठमाडौंमा उक्त महिलालाई करणी गरेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरीएको प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताए । वाग्लेलाई करणी उद्योग अन्तरगत मुद्दामा आवश्यक अनुसन्धान एवं कारवाही को लागी महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको प्रहरीले जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।