प्रहरीलाई सफलता यस्तो गम्भीर अपराधमा रंगेहात २ महिला पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,२६ माघ ।

गम्भीर अ’परा’धमा संलग्न भएको भन्दै प्रहरीले २ महिलालाई नियन्त्रणमा लिएको छ । महोत्तरीको जलेश्वरमा आईतवार प्रहरीले ठूलो परिमाणमा गाँ’जासहित दुई जना महिलालाई रंगेहात पक्राउ गरेको हो । जानकारी अनुसार पर्साको मधुवनी गाउँपालिका ४ कि ४५ वर्षीया सलटनी माझी मुसहर र ४८ वर्षीया पानो देवी पासवान गाँ’जासहित पक्राउ परेका हुन् ।

उनीहरु गाँ’जा बोकेर ज.१स.१३१२ नम्बरको टेम्पुमा चढेर मटिहानी चोकबाट बखरीचोकतिर जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु दुई जनालाई जलेश्वर १ स्थित नगरपालिकाचोकबाट जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट १२ किलो गाँ’जा प्रहरीले बरामद गरेको छ । घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

समानताको सिद्धान्तविपरीत राज्य जान लाग्यो ः नेता पौडेल
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताउनुभएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले सरकार नागरिक सबै बराबर हुन भन्ने उद्देश्यले अघि बढ्नुपर्नेमा पक्षपाती भएको टिप्पणी गर्नुभयो ।

नेता पौडेलले प्रदेश सरकारले गरेको निर्णय माथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गर्न नपाउने गरी गलत मनसायबाट विधेयक ल्याउन लागेको बताउनुभयो । यसले लोकतन्त्रलाई कमजोर बनाउने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “लोकतन्त्रको सट्टा धनतन्त्रतर्फ देशलाई लान खोजियो ।”फरक प्रसङ्गमा उहाँले पार्टीभित्र वैचारिक द्वन्द्व भए पनि अहिले केही हदसम्म समाधान भएको बताउनुभयो । आफू पार्टीभित्र विकृतिको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा रहेको उहाँको भनाइ थियो ।उहाँले भन्नुभयो, “पार्टीभित्र धेरै ठाउँमा विकृति विसङ्गति रहेको छ । त्यसको अन्त्य हुनुपर्छ ।” राजनीतिलाई सम्मानको क्षेत्र बनाउनुपर्ने भन्दै उहाँले सुशासन, पारदर्शीता र विकृतिरहित बनाउन आवश्यक रहेको बताउनुभयो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।