प्रियंका र आयुष्मानकाे बिहे फागुन १७ गते

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नेपाली चलचित्रकी चर्चित नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान् देशराज जोशीको विवाह फागुनमा हुने भएको छ।

गएको वर्ष नै २ पटक इङ्गेजमेन्ट गरेका उनीहरूको विवाह फागुन १७ गते हुने भएकाे हाे । फिल्म ‘कथा काठमान्डु’ बाट उनीहरूको प्रेम सुरुवात भएको थियो ।

उनीहरूको जोडीलाई ‘आयांका’ पनि भनेर चिन्ने गरिन्छ। प्रियङ्का र आयुष्मान यसै वर्षको असारमा विवाह गर्ने तयारीमा थिए । तर दुवै पक्षको पारिवारिक समय नमिलेपछि उनीहरूको विवाह रोकिएको थियो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।