१७७ जना यात्रु रहको बिमान अवतरण गर्ने क्रममा भयो ३ टुक्रा : ३ जनाको मृत्यु, बाँकी सबै घाइते

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२३ माघ ।

टर्कीको राजधानी इस्तानबुलमा अवतरण गर्ने क्रममा एक यात्रुबाहक विमान धावनमार्गमा चिप्लिएर तीन टुक्रा भएको छ । बिमान दु’र्घ’टनाको सार्वजनिक भएको तस्विर हेर्दा बिमान क्षे’त बि’क्षे’तको अवस्थामा देखिएको छ ।

द पेगासस एयरलाइन्सको सो विमानमा १७१ यात्रु र चालकदलका ६ जना सदस्य सवार थिए । देशको पश्चिममा रहेको इजमिर प्रान्तबाट आएको सो विमान सबिहा गोकसेन विमानस्थलमा दु’र्घट’नाग्रस्त भएको हो ।

बोइङ ७२७ विमान भारी हावा र वर्षाकाबीच विमानस्थलमा अवतरण हुने प्रयासमा थियो । घ’टनापछि विमानस्थल बन्द गरेर अन्य उडानहरूलाई अन्यत्र मोडिएको थियो ।

बोइङ ७२७ विमान समान दिशामा चलिरहेको हावा र वर्षाकाबिच अवतरणको क्रममा थियो । विमानमा रहेका अधिकांश यात्रु टर्किस रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

झण्डै २० जना भने विदेशी रहेको उल्लेख गरिएको छ । खराब मौसमका कारण विमान धावनमार्ग भन्दा ५०–६० मिटर बाहिर गएर दु’र्घट’ना भएको स्थानबुलका गभर्नरले बताएका छन् । घटनामा तीन जनाको नि’धन हुनुका साथै १७९ जना घा’इते भएको अन्तर्राष्ट्रिय समाचार माध्ययमले जनाएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।