प्रेमीसँग श्रीमती भागेपछी पुत्ला बनाएर अन्तिम संस्कार, छोराले दिए दागबत्ती

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२२ माघ ।

भारतमा एक श्रीमान्ले आफ्नो श्रीमती प्रेमीसँग भागेपछी हिन्दु रिति–रिवाज अनुसार श्रीमतीको पुत्ला बनाएर उनको विधिपूर्वक अन्तिम संस्कार गरेका छन् ।

श्रीमती प्रेमीसँग भागेर रुष्ट भएका भारतको बोकारो जिल्लाको तेलो थानाका राजिव कुमारले आफ्नो ३२ वर्षीया श्रीमतीको पुत्ला बनाएर विधिपूर्वक अन्तिम संस्कार गरेका हुन् ।

उक्त पुत्लालाई उनका छोराले आफ्नी आमाको मृत्यु भई सकेको सम्झी दागबत्ती समेत दिएका छन् । राजिवका अनुसार अब उनका लागि उनकी श्रीमतीको मृत्यु भइसकेको छ । उनले भने ‘अब मेरो उनीसँग र उनको मेरो परिवारका कोही पनि सदस्यसँग कुनै सम्बन्ध छैन । मेरी श्रीमती दुई सन्तानकी आमा हुँदासमेत गाउँकै एक व्यक्तिसँग जनवरी ४ मा घरबाट भागिन् ।’

भारतमा एक श्रीमान्ले आफ्नो श्रीमती प्रेमीसँग भागेपछी हिन्दु रिति–रिवाज अनुसार श्रीमतीको पुत्ला बनाएर उनको विधिपूर्वक अन्तिम संस्कार गरेका छन्।

श्रीमती प्रेमीसँग भागेर रुष्ट भएका भारतको बोकारो जिल्लाको तेलो थानाका राजिव कुमारले आफ्नो ३२ वर्षीया श्रीमतीको पुत्ला बनाएर विधिपूर्वक अन्तिम संस्कार गरेका हुन् ।

उक्त पुत्लालाई उनका छोराले आफ्नी आमाको मृत्यु भई सकेको सम्झी दागबत्ती समेत दिएका छन् ।राजिवका अनुसार अब उनका लागि उनकी श्रीमतीको मृत्यु भइसकेको छ । उनले भने ‘अब मेरो उनीसँग र उनको मेरो परिवारका कोही पनि सदस्यसँग कुनै सम्बन्ध छैन । मेरी श्रीमती दुई सन्तानकी आमा हुँदासमेत गाउँकै एक व्यक्तिसँग जनवरी ४ मा घरबाट भागिन् ।’

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।