प्रचण्डजी र म भर्खर ल भ परेको जोडी हो इनौँ, अर्कालाई भेट्यो कि ठुस्किने’

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२२ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ बालुवाटरमा राष्ट्रिय दैनिक, राजधानीमा रहेका ठूला सञ्चार गृह र चर्चित अनलाइन न्युजपोर्टलका सम्पादकहरुसँग छलफल गरेका छन् ।

करिब एक घण्टा लामो सो कुराकानीका क्रममा प्रम ओलीले धेरैपटक सम्पादकहरुलाई हँसाएका थिए । उनले भनेका थिएः

– भैसेँपाटीमा केही साथीहरु बैठक बस्नुभयो तर म त्यसमा थिइनँ भनेर ओली अल्पमतमा पर्यो भनेर तपाईंहरुले लेख्नुभयो, के हामी भर्खर लभ परेका जोडी हौँ र प्रेमीले अर्कालाई भेट्यो भनेर ठुस्किने ?

– तपाईं पत्रकारहरु मेराबारे कति लेख्नुहुन्छ, मैले पनि कहिलेकाहीँ पत्रकारसँग मलाई बुझ्ने मुटु छैन कि क्या हो भनेर गुनासो गर्न नपाउने ? बलिङ भएपछि अलिअलि ब्याटिङ पनि भइहाल्छ नि ।

– रिसको झोकमा एक साथीले अर्कोलाई भन्छ – अहिले मार्दिन्छु, हात पनि उठाउला, मार्दैन नि । पत्रकार र मेरो सम्बन्ध त्यस्तै हो ।

– तपाईंले चाहेजस्तो त परको कुरा मैले चाहेजस्तो छिटो काम पनि गर्न सकिरहेको छैन, कमिटीमा वर्षौंसम्म गर्दै आएका साथीहरु छन्, मभन्दा पहिला पार्टी चलाएका र प्रधानमन्त्री भएका मित्रहरु छन्, अदब पुर्याएर काम गर्नुपर्यो, समय त लागिहाल्छ नि । आजको नेपाल समाचार दैनिकमा समाचार छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।