सुनको भाउ घट्यो ,कती छ मङ्गलबारको मुल्य ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ माघ ।

आज बजारमा सुनको भाउ घटेको छ।

साेमबार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुन मंगलबार एक दिनमै तोलामा ५ सय रुपैयाँले घटेर ७६ हजार रुपैयाँमा किनबेच भइरहेको छ।

निरन्तर उकालो लाग्दै गएको सुनको भाउ पुनःओरालो लाग्न सुरु गरेको छ। प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७४ हजार ८ सयमा आइपुगेको थियो।

अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लाग्न पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।