वडाध्यक्ष मृत फेला, हत्याको आशंका

हाम्रो सन्देश संवाददाता

अछाम, २१ माघ ।

अछाममा वडा अध्यक्ष मृत फेला परेका छन् । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का अध्यक्ष पदमबहादुर धामीको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

वडा अध्यक्ष धामीको शव घर नजिकै क्षतविक्षत अवस्थामा मंगलबार बिहानै भेटिएको स्थानीयले बताएका छन् ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ । धामी २०७२ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।