लोकगायक गायक बद्री पंगेनीको पिताको निधन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ माघ ।

लोकप्रिय गायक,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल का निवर्तमान अध्यक्ष आदरणीय बद्री पंगेनी लाई पितृशोक परेको छ। पंगेनीको पिता बोधराज पंगेनीको ७०बर्षको उमेरमा असामहिक निधन भएको छ। लामो समय देखी दम रोग बाट पिडीत हुनुहुन्थ्यो।केहि दिन अगाडी काठमान्डौ उपचारको लागि ल्याईएको र उपचारका क्रममा अस्पतालमै वहाँको देहवसान भएको हो।

अस्पतालमा उपचार गराई घर फर्कने क्रममा ट्याक्सीमै बेहोस भएपछि पुन अस्पताल लागिएको र अस्पतालमै निधन भएको बद्री पंगेनीकि धर्मपत्नी कल्पना पंगेनी जानकारी दिनु भयो।दाहसंस्कारका लागि बोधराज पंगेनीको सब पाल्पाको रामपुरनै लागिएकोछ।लोकदोहोरी प्रतिष्ठानका बर्तमान अध्यक्ष रमेश बिजिले पनि दुख व्यक्त गर्दै श्रद्दान्जली व्यक्त गर्नु भयो।उहाको दुई छोरा र एक छोरी छिन।जेठो सन्तान बद्री पंगेनी हुन्।बद्री पंगेनीको दुईवटा आमाकै निधन भैसकेको छ। स्वर्गिय बोजराज पंगेनीको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्दान्जली अर्पण गर्दछौं । साथै भगवानले शोक संतप्त परिवार प्रति धैर्य धारण गर्ने शक्ति प्रदान गरुन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।