८ घण्टासम्म डाक्टर नआएपछि उपचार नपाएर ८ वर्षीया बालिकाकाे मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० माघ ।

८ घण्टासम्म डाक्टर चेकजाँच गर्न नआएपछि एक बालिकाको मृत्यु भएको छ । उपचारका लागि भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा पुर्‍याइएकी ८ वर्षीया बालिकाको उपचारको अभावमा ज्यान गएको हो । कपिलवस्तुको बाणगंगा नगरपालिका-२ बैजलपुरकी आठ वर्षिया सुविका थापामगरलाई शुक्रबार राति १२ बजे मेडिकल कलेज पुर्‍याइएको थियो । तर ८ घण्टासम्म डाक्टर आएनन् । बालिकालाई डिस्चार्ज पनि गरेनन् । सिकारु नर्सहरुले ओभरडोज औषधि दिएका कारण बालिकाको मृत्यु भएको परिवारको आरोप छ ।
नर्सहरुले ५ मिनेटमा डाक्टर आउनुहुन्छ भन्दाभन्दै बिहान ८ बजेसम्म डाक्टर नआएको मृतककी ठूली आमा सरु थापाले बताइन् ।

शनिबार बिहान साढे ८ बजेतिर बालिकालाई मेडिकल कलेजले मृत घोषणा गरेको थियो । सिकारु नर्सहरुले अन्धाधुन्द ओभरडोज औषधि दिएकै कारण सुविकाकाे मृत्यु भएको सरुको दाबी छ।

फुर्सदमा यो रमाइलो भिडियो पनि हेर्नुहोस्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।