तस्बिरमा हेर्नुहोस् थाइल्याण्डमा प्रियंका कार्कीको ब्याचलोरेट पार्टी

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

प्रियंका कार्कीको ब्याचलोरेट पार्टी अझै धुमधामका साथ अघि बढिरहेको छ ।प्रियंका पाँचदिन अघि आफ्ना ६ जना साथी बोकेर ब्याचलोरेट पार्टी मनाउन थाइल्याण्ड उडेकी थिइन् । त्यतिबेलादेखि प्रियंकाले त्यहाँ मस्ती गरिरहेको फोटो पोष्ट गर्ने क्रम जारी छ ।

नेपालमा अहिले जाडो छ । तर उनीहरुको फोटो हेर्दा यस्तो लाग्छ थाइल्याण्डको तापक्रम धेरै नै छ । त्यसैले त प्रियंका र उनका साथीहरुले बिकिनी लगाउन सकेका छन् । उनीहरुको तस्बिरमा त्यहाँको खुल्ला मौसम देखेर पनि थाइल्याण्डमा गर्मी छ भनेर अनुमान गर्न सकिन्छ ।प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा १० घण्टा अघि मात्रै ‘ब्राइड’ लेखिएको सेतो रङको बिकिनी लगाएको फोटो पोष्ट गरेकी छिन् । उनका साथीहरुले भने ‘ब्राइड्समेड’ लेखिएको कालो रङको बिकिनी लगाएका छन् ।

सबैजनाले बिकिनीमा विभिन्न पोज दिएका छन् र तिनै फोटो प्रियंकाले आफ्नो अकाउन्टमा पोष्ट गरेकी छिन् । उनको तस्बिरमा थुप्रैले निकै राम्रो कमेन्ट गरिरहेका छन् । कतिले उनलाई ‘हटेस्ट ब्राइड टु बी’ भनेका छन् भने कतिले अझै धेरै फोटो पोष्ट गर्न भनेका छन् ।

फुर्सदमा यो रमाइलो भिडियो पनि हेर्नुहोस्।

तस्बिरहरु –

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।